Aamsanchar

आज इङ्गल्यान्ड र अमेरिका खेल्ने

Author Image
आइतवार, असार ९, २०८१

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–आठ’ मा आज इङ्गल्यान्ड र अमेरिका खेल्दैछन् । समूह ‘२’ को यो खेल राति सवा ८ बजे बारबडोसको केन्सिङ्टाउनमा ओभलमा शुरु हुनेछ ।

यी दुवै टोलीले एकअर्कासँग पहिलो पटक खेल्न लागेका हुन् । पूर्वविजेता इङ्गल्यान्डले २ पटक टी–२० विश्वकपको उपाधि जितेको छ भने अमेरिकाले पहिलो पटक विश्वकप खेलिरहेको हो ।

इङ्गल्यान्डले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न आजको खेलमा जित मात्रैले पुग्दैन, नेट रनरेट पनि सुधार गर्नुपर्ने हुन्छ । इङ्गल्यान्ड २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।

यो समूहमा लगातार २ खेल जितेको दक्षिण अफ्रिका ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै वेस्ट इन्डिज २ खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ । अमेरिकाले यसअघिका २ वटै खेल हारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर