Aamsanchar

सिकन्दर राजाको कप्तानीमा भारतसँगको टी–२० शृङ्खलाका लागि जिम्बावेको टोली घोषणा

Author Image
मङ्गलवार, असार १८, २०८१

काठमाण्डौ – भारतसँगको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा टोली घोषणा भएको छ ।

अनुभवी ब्याटर राजाले विश्व विजेता भारतसँगको खेलमा युवा टोलीको नेतृत्व गर्ने भएका हुन् । सिकन्दर राजाले अहिलेसम्म ८६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार ९ सय ४६ रन बनाएका छन् ।

जिम्बावे सन् २०२४ को टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो र नयाँ मुख्य प्रशिक्षक जस्टिन सामन्सको नेतृत्वमा लयमा फर्किने प्रयास गरिरहेको छ । जिम्बावे टोलीको खेलाडीको औसत उमेर २७ वर्ष छ भने कप्तान सिकन्दर राजा ३८ वर्षका छन् ।

भारत र जिम्बावेबीचको ५ खेलको टी–२० शृङ्खला यही जुलाई ६ तारिखदेखि हरारेमा शुरु हुँदैछ । भारतले यसअघि नै शुभमन गिलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

यस्तो छ जिम्बावेको टोली–
सिकन्दर राजा (कप्तान), फरज अकरम, ब्रायन बेनेट, जोनाथन क्याम्पबेल, तेन्देई चतरा, लुक जोङ्गे, इनोसेन्ट काया, क्लिभ मदान्दे, वेसले मेधेवेरे, तादिवानशे मरुमनी, वेलिङ्गटन मसाकदा, ब्रान्डन मभुता, ब्लेसिङ मुजराबनी, डिओन मेयर्स, अन्तुम नक्भी, रिचार्ड नगारभा र मिल्टन शुम्बा ।

यस्तो छ भारतको टोली–
शुभमन गिल (भारत), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिङ्कु सिंह, सन्जु सामसन, ध्रुव जुरेल, रायन पराग, वाशिङ्गटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार, तुषार देशपाण्डे र शिवम् दुबे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर