Aamsanchar

क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी भोलि बिर्तामोड आउने

Author Image
बुधवार, असार १९, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली चर्चित क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी आउने भएका छन् ।
बिर्तामोड हनुुमान सेन्ट्रलमा रहेको ग्रेस इन्टरनेशनलको निमन्त्रणामा भोली बिहान ८ बजे क्रिकेट खेल प्रेमीहरु संग अन्तरक्रिया गर्नको लागि खेलाडी ऐरे बिर्तामोड आउने भएका हुुन ।

विश्वकप खेलमा सहभागी बनेको अनुुभव प्रदान गर्न र नेपाली क्रिकेट खेलको विषयमा समष्टिगत चर्चा गर्न खेलाडी ऐरेलाई ल्याई अन्तरक्रिया आयोजना गरिने ग्रेसका किरण विमलीले जानकारी दिए ।

अन्तरक्रियामा विद्यार्थी, खेलाडी, पत्रकारहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर