Aamsanchar

सन्दीप लामिछानेले अब १ लाख रुपैयाँ मासिक तलब पाउने

Author Image
शुक्रवार, असार २१, २०८१

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ´ए`ग्रेडमा समावेश भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ´ए`ग्रेडमा राख्ने निर्णय गरेको हो।

क्यानका अनुसार उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने छ। लामिछानेसँगै अब ´ए` ग्रेडमा समेटिने राष्ट्रिय खेलाडीको संख्या ७ पुगेको छ।

यसअघि ´ए` ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेफ र कुशल भुर्तेल समावेश भइसकेका छन्। अब सन्दीपले पनि अन्य ´ए` ग्रेडका खेलाडीहरु सरह १ लाख रुपैयाँ मासिक तलब पाउनेछन्।

कार्यसमिति बैठकले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा उनलाई बधाईसमेत दिएको छ। बैठकले क्यानको प्रवक्तामा केन्द्रीय सदस्य छुम्बी लामालाई नियुक्त गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर