Aamsanchar

सुकुम्वासी बस्ती डुबानमा

Author Image
शनिवार, असार २२, २०८१

काठमाडौँ-शुक्रबार रातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।

बाढीसँगै सहरी क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ । यसै क्रममा तीनकुने सिनामङ्गल क्षेत्रस्थित सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

 

यसैगरी, उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

यता जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर