Aamsanchar

जापानमा भालुको आक्रमण बढ्याे

Author Image
बिहिवार, असार २७, २०८१

जापानमा भालुको आक्रमण बढ्न थालेपछि शिकारसम्बन्धी कानुनलाई खुकुलो बनाउने तयारी भइरहेको छ । भालुको आक्रमणमा डरलाग्दो वृद्धि भईरहँदा जापानले आवासीय क्षेत्रहरूमा जनावरहरूलाई गोली हान्न सजिलो हुने नीति बनाउन आवश्यक रहेको बताएको हो ।

यो वर्ष सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म ३ महिनामा जापानमा २ सय १९ जना मानिस भालुको आक्रमण परेका थिए । यीमध्ये ६ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । जापानमा पछिल्लो समय भालुहरु धेरै जनसङ्ख्या भएकाको क्षेत्रमा पसेर मानिसहरुमाथि घातक आक्रमण गरिरहेका खबरमा उल्लेख छ ।

विशेषगरी शहरभन्दा बाहिरका क्षेत्रका मानिसहरु भालुको आक्रमणमा परेर गम्भीर घाइते हुने गरेका छन् । ज्यान गएको घटना भने रेकर्ड भएको छैन । जापानमा अहिलेको कानूनअनुसार, इजाजतपत्र प्राप्त शिकारीहरूले प्रहरी अधिकारीको स्वीकृति पछि मात्र जनावरलाई गोली हान्न पाउँछन् ।

सरकारले हतियारको स्वतन्त्र प्रयोगका लागि संसदको आउँदो अधिवेशनमा कानून परिमार्जन गर्ने योजना बनाएको छ । जापानको उत्तरी क्षेत्रमा भालुको सङ्ख्या सन् १९९० देखि दोब्बरभन्दा बढी भएको छ । त्यहाँ झण्डै १२ हजार खैरो भालुहरू छन्, खैरो भालुहरु कालो भालुभन्दा धेरै आक्रामक मानिन्छन् ।

स्थानीय सरकारहरूले पनि भालुहरूको आक्रमणबाट मानव बस्तीलाई जोगाउन विभिन्न प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)