Aamsanchar

बाहुनडाँगीमा हात्ती दिवस मनाइयो 

Author Image
सोमवार, साउन २८, २०८१


मेचीनगर । विश्व हात्ती दिवस २०८१ को अवसर पारेर झापाको मेचीनगर ४, बाहुनडाँगीमा विविध कार्यक्रम गरिएको छ ।
र्यापिड रेस्पोन्स टिम ‘आरआरटी’को आयोजनामा सरस्वती माविको खेल मैदानमा सोमबार कार्यक्रम भएको हो । जस अन्तरगत अन्तर्राष्ट्रिय आमा मैत्री फुटबल प्रतियोगिता, अन्तर सिमा लठारो तान्ने प्रतियोगिता, लोकल कुखुरा प्रर्दशनी, म्युजिकल चियर, छेलो हान्ने र बालबालिका बिच चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।

र्यापिड रेस्पोन्स टिमका अध्यक्ष न्युटन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जङ्गली हात्ती संरक्षणका लागि विगत केही वर्षदेखि विभिन्न प्रयासहरू भइरहेको बताएका छन् । केही वर्ष अघि सम्म जङ्गली हात्तीका कारण जनधनको क्षतिहुने गरेको स्मरण गर्दै कार्कीले भने ‘ डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार २१ वटा हात्तीको मृत्यु र ६८ जना मानिसको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।’ उनले जनधनको क्षतिलाई न्यूनिकरण गर्दै हात्तीको संरक्षण गर्नुपर्नेमा जोड दिए । हात्तीको कुनै स्थायी देश तथा परिचय नहुने बताउँदै मन्त्री कार्कीले भारत वा नेपालको हात्ती भन्न नमिल्ने बताए ।

कार्यक्रममा स्वागत गर्दै मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले जङ्गली हात्ती संरक्षणमा सबैले उत्तिकै भूमिका खेल्नु पर्ने बताए । उनले मानव–हात्ती सहअस्तित्व जोगाउन सबै जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, भारत पश्चिम बङ्गाल सरकार पर्यटन सल्लाहकार राज बसु, नक्सलबाडी गाउँपञ्चायतकी उपसभापति सजनी सुब्बा, मेचीनगर उपप्रमुख मीना उप्रेती, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, पत्रकार चन्द्र भण्डारीलगायतले मानव–हात्ती सहअस्तित्वका बारेमा आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रम विभिन्न सामाजिक सङ्घसंस्थाको सहआयोजनामा सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन बाहुनडाँगी जेसीजका अध्यक्ष देवु बाँनियाले गरेका थिए ।

भिडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)