

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित बेलडाँगी–चैतुबारी सडक खण्डमा पर्ने चौबाटोमा सडक निर्माण गर्नेलाई भन्दा देख्ने लाई लाज लाग्ने भएको भन्दै स्थानीयबासीले निर्माणकार्य प्रति असनतुष्टी व्यक्त गरेका छन् ।
पूर्व बिर्ताबजार र पश्चिम घैलाडुब्बा जोडिने गोकुल जोशी मार्ग निमार्ण गर्दा अत्यन्तै लापरवाही भएको भन्दै सर्वसाधारणहरूले निमार्ण कार्य गर्ने र गराउने पक्ष प्रति आक्रोश पोखेका हुन् ।
पूर्व तर्फबाट बाटो ४० फिट फराकिलो बनाइँदै ल्याए पनि बेलडाँगी–चैतुबारी सडक जोडने ठाउँमा बाटोलाई साँघुरो बनाए र ३६ फिट मात्र बनाइएको छ । सडक जोडने चौबाटो अन्यत्र सडक भन्दा फराकिलो बनाउनु पर्नेमा सामान्य एउटा ह्युमपाइप राख्न नचाएर लागत खर्च घटाउने उद्देश्यले नीतिगत भ्रष्टाचार गर्न बाटो साँघुरो बनाइको स्थानीय इन्द्र मगरको आरोप छ । उनले भने ‘दुनियाँले देख्दा लाजमर्दो काम भएको छ । यस्तो काम गर्न कस्तो इन्जिनियरले डिजाइन गरेको हो ? स्थानीय जनप्रतिनिधि देखेर पनि नदेझैँ बनेका छन् किन हो ?’


बाटोको विषयलाई लिएर नेकपा एमाले बिर्तामोड–२ का अध्यक्ष माधव खरेलले पनि असन्तुष्ट व्यक्त गरेका छन् । खरेलले भने जनप्रतिनिधिहरू अनुगमन गर्दैनन् की ? यस्तै डिजाइन पास भएर सडक निमार्ण भएको हो की ? के भएको बुझ्न सकिएन, सँधै यो बाटो भएर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला ओहोरदोहोर गर्नुहुन्छ तर पनि लामो समय देखि बाटोको अवस्थामा यस्तै छ ।’


बिर्तामोड नगरपालिकामा पछिल्लो केही वर्षदेखि निर्माण कार्यले गति लिएको छ । यस अवधीका धेरै राम्रा कामहरू भएका छन् । कतिपय काममा जनप्रतिनिधिहरूको ध्यान कम पुग्ने गरेकाले यसरी काम बिग्रने गरेको छ । वडा जनप्रतिनिधिहरूको ध्यान नपुर्याउँदा निर्माण ठेकेदारले अतिरिक्त नाफा कमाउने तर्फ लाग्ने गरेको घटनाहरू पनि बिर्तामोड २ मा नभएको भने होइन । यस तर्फ बिर्तामोड २ का जनप्रतिहरु सजक बन्ने की ।



