Aamsanchar

एन्फा कम्प्लेक्सको मैदानमा साफ च्याम्पियनशिपको उद्घाटन खेल हुने

Author Image
शुक्रवार, साउन ३२, २०८१

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलअन्तर्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पक्का भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरको दशरथ रङ्गशालाको मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो । यो निर्णयसँगै प्रतियोगिताका अन्य खेलहरू दशरथ रङ्गशालामा हुने सम्भावना कम भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रङ्गशालाको मैदान खेल्न योग्य नभएको बताएका जानकारी दिनुभयो । उहाँले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताउनुभयो ।

२० वर्षमुनिको साफ च्याम्पियनशिपको खेल शुरुआतमा दशरथ रङ्गशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो । तर वर्षाका कारण दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि कहाँ खेलाउने टुङ्गो लाग्न सकेको थिएन ।

२० वर्षमुनिको साफ च्यापिम्यनशिप यही भदौ २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर