Aamsanchar

अर्थोपेडिक डाक्टरहरू सङ्गठित, अध्यक्षमा डा. मैनाली 

Author Image
शनिवार, भदौ १, २०८१

बिर्तामोड ।  साविक मेची अञ्चलका चारवटा जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा कार्यरत अर्थोपेडिक चिकित्सकहरू सङ्गठित भएका छन् । नेपाल अर्थोपेडिक एशोसिएसन मेची च्याप्टर नाम दिएर सङ्गठित भएका  हुन् ।
गठित एशोसिएसनको मेची च्याप्टरको अध्यक्षमा डा, लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् भने एशोसिएसनको नियमानुसार आगामी कार्यकालका लागि अध्यक्षमा  डा. आनन्दराज खनाल चयन भएका छन् । १५ सदस्यीय गठित नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा डा. प्रेमबहादुर शाही, उपाध्यक्षमा डा. कुमोदकुमार लिम्बू र डा. सन्दिप अधिकारी, महासचिवमा डा. रुपेशजंग बेलबासे, कोषाध्यक्षमा डा.

मनोजकुमार शाह, सह–सचिवमा डा. नविनकुमार सिंह, सहकोषाध्यक्ष डा. कृष्णकान्त यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यमा डा. राजिव शाह, डा. रोशन अटल, डा. प्रविण तिम्सिना, डा. प्रविण चौधरी र डा. ललित बोहोरा चयन भएका बरिष्ठ उपाध्यक्ष शाहीले जानकारी दिए । एशोसिएसनको प्रमुख सल्लाहकारमा डा. निराजनप्रसाद पराजुली रहेका छन् भने साइन्टिफिक कोअडिनेटरमा डा. अनुप पोखरेल चयन भएका छन् ।

दुई वर्षे कार्यकाल रहने एशोसिएसनले हिजो (शुक्रवार) बिर्तामोडमा पदस्थापना कार्यक्रमको आयोजना गरी नव गठित पदाधिकारी तथा सदस्यको नाम घोषणासँगै समितिलाई सपथ ग्रहण गराएको थियो ।

अध्यक्ष मैनाली ।

एशोसिएसन मेची च्याप्टरका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले अध्यक्षता तथा स्वागत गरेको कार्यक्रममा एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. विमलकुमार पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै  एशोसिएसनका बरिष्ठ उपाध्यक्ष डा. शाहीले अर्थोपेडिक डाक्टर करिव ३० जना रहेको बताए । उनले १० वर्ष अघिको तुलनामा अर्थोपेडिक उपचारमा धेरै सुधार भएको बताएका छन् ।  कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

सोही कार्यक्रमकाबीच डा. प्रेमबहादुर शाही र डा.निराजन पराजुलीको कामको प्रशंसा गरिएको थियो । कार्यक्रममा एशोसिएसन केन्द्रका पूर्व अध्यक्ष प्रोफेसर डा. रमेशकुमार सिंह, डा. रोहित पोखरेल, केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रोफेसर डा. दीपक श्रेष्ठ, महासचिव डा. बिजेन्द्र अधिकारी, डा. अमित जोशी, डा. दमन झा, मोरङ च्याप्टर अध्यक्ष डा. नवीन कर्ण, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, नेपाल मेडिकल एशोसिएसन मेची अध्यक्ष डा. सीपी यादवलगायतको आतिथ्य रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर