

झिलझिले । झापाका तीनवटा लायन्स क्लबको र एउटा लियो क्लबको पदस्थापन संयुक्त रुपमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गा, लायन्स क्लब अफ कनकाई दुर्गापुर, लायन्स क्लब अफ शिवसतासी र लियो क्लब अफ कनकाई सुरुंगाको पद हस्तान्तरण एउटै समारोहमा भएको हो ।
हिजो शुक्रबार झिलझिलेमा आयोजित संयुक्त समारोहमा वर्ष २०२४/०२५ का लागि नयाँ पदाधिकारीहरूले पद तथा गोपनियताको सफथ लिएका छन् ।

कार्यक्रमलाई कम खर्चिलो मितव्ययिता अपनाउने सन्देश प्रवाह गर्न, आपसी मेलमिलाप, भेटघाट, भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन लायन्स क्लब अफ कनकाई सुरुंगाले मातृत्व प्रदान गरेको क्लबहरूलाई एकै कार्यक्रममा जोडिएको लायन्स क्लब अफ कनकाई सुरुंगाका संस्थापक अध्यक्ष, हाल लायन्स क्लब अफ डिस्ट्रिक्ट सेकेन्ड गर्भनर लिलाप्रसाद चिमरियाले जानकारी दिए ।

लायन्स क्लब अफ कनकाई सुरुंगाका अध्यक्ष रुपनारायण खतिवडा, लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजाल, लायन्स क्लब अफ शिवसताक्षीका अध्यक्ष राजकुमार संग्रौला र लियो क्लबका अध्यक्ष सुदीप शर्मालाई कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर विकास अधिकारीले सफथ ग्रहण गराएका थिए ।


कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गर्भनरहरु राजन खत्री, लिलाकुमार ढुङ्गेल, विजयहरि शर्मा, बबरजङ्ग थापा, धिरज गुरुङ्ग, डिस्ट्रिक्ट सेकेन्ड गर्भनर लिला प्रसाद चिमोरिया, डिस्ट्रिक्ट सचिव उदयनारायण बराल, डिस्ट्रिक्ट कोषाध्यक्ष सञ्जीव खत्री, लियो डिस्ट्रिक्ट गर्भनर शिवशङ्कर मण्डल त्यसैगरी शिवसताक्षी नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष सन्त फेउदेन, लायन्स एरिया कोअर्डिनेटर साजन थापालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन एरिया ए रिजन चियर रामचन्द्र मिश्र र कनकाई सुरुंगाका सचिव विवेक शिवाकोटीले गरेका थिए । गङ्गाराम गजुरेलले स्वागत गरेको कार्यक्रममा लता चिमरियाले राष्ट्रिय झन्डाको सम्मान जनाएकी थिइन ।