Aamsanchar

कनकाईको नमुना सडक : डिभाडरमा काँसघारी, करेसा र फूलबारी

Author Image
मङ्गलवार, भदौ २५, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका सुरुङ्गा बजार देखि झापा गाउँपालिका जोडिने फोर लेन सडकको बिच भागमा कतै फूल फूलेर रङ्गीविरङ्गी देखिएको छ, कतै करेसाबारीको रुपमा प्रयोग भएर भिन्डी, बोडी, मेवा, तिल, पाटा, विभिन्न साग रोपिएको छ भने कतै रोपिएका फूलहरूको संरक्षण हुन नसकेर ढलन पलन र बिरुवाहरू मरेको अवस्था रहेको छ ।  कतिपय टोल क्षेत्रमा झार काँस झाङ्गिदै गएपछि  डरलाग्दो ठाउँ बनेको छ ।

कतैकतै रोपिएका लहरे तरकारीहरू लहरिएर सडक नै ढाक्न थालेको अवस्था रहेको छ ।

सडक क्षेत्रको यो खाली ठाउँ बिरुवा रोपन गरेर सहरलाई हरियाली बनाउनकै लागि छुट्याइएको ठाउँ हो । स्थानीय सरकार या सम्बन्धित विभागले सडक क्षेत्रमा दीर्घकालीन रुपमा हरियाली र सफा देखिने गरि योजनावद्ध बोट बिरुवा फूल रोप्नु पर्नेमा सो बमोजिमको काम नभएकाले स्थानीयबासीले आफू खुसी तरकारी फल फुल रोपेका कारण नमुना सडक को नमुना पन ओझेलमा परेको छ , तथापि  यस क्षेत्रमा हरियाली देखिएको छ ।

हरियाली देखिएको छ भनेर यस्तै अवस्थामा सधै भरि यस्तो हुन भने दिनु हुदैन, सडक क्षेत्र सडककै मापदण्ड अनुसार रहनु पर्छ,  सडकलाई करेसाबारी बनाउदा दुर्घटनाको जोखिम बढेको छ यस तर्फ स्थानीय सरकारको ध्यान जानु पर्ने एकजना स्थानीयको भनाई रहेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
5
+1
1
+1
2
+1
1
+1
1
+1
2
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर