गुरुङ्ग शब्दको उत्पत्ति हुनु पहिलेको कथा अनुसार पिउठाना (संभवतः आजको प्युठान) भनिने ठाउँमा भरद्वाज गोत्रीय गोचन राजा भएका थिए । उनका दुई छोरा मध्ये जेठो लोचन र कान्छो रोचन थिए । कान्छा छोरा प्रतिको मोहר मायाले राजाले कान्छा छोरालाई आफू पछिको राजगद्दीको उत्तराधिकार घोषणा गरे । राजाको यस घोषणाले आफ्नो हक छिनिएको र आफू अपमानित भएको ठानी जेठो छोरो लोचनले त्यो ठाउँ छाडने निधो गरे ।
यसरी बाहिरिने लोचन राजकुमार साथ लागेका थिए उनका पुरोहित मुकुन्द लामिछाने परिवार र उनका आठपहरिया केहरसिंह खवास । उनीहरूले आफ्नो आश्रय स्थल हिमालको फेदी हुँदो जस्तो थियो । रहँदा बस्दा राजकुमार लोचन र तीन छोरा घले, घोताने र लामा जन्मे भने दुई छोरी पनि जन्मे । उनका पुरोहित र केहरसिंहका पनि सन्तान जन्मे मात्र होइन समयको फेरोमा तिनीहरूका छोरा छोरीको विवाह समेत हुने समय वित्न लाग्यो। यसरी लोचनका तीन छोरा र लामिछानेका छोरालाई छोरी दिई जुवाई बनाएका इनै चार जनाबाट चार जातको मान्यता पाएको इतिहास छ ।
तपस्यारत लोचन गुरुका नाममा त्यस क्षेत्रमा प्रख्यात थिए भने उनका तीन छोरा र जुवाई समेत चार जना अङ्गत– गुना (अङ्ग बाटै उत्पन्न भएका) भएकाले गुरु अङ्गिकृत बाट गुरुङ भएको धेरै संभावना देखिन्छ ।
भरद्वाज गोत्रीय तीन र लामिछाने गोत्रका गर्युवा कौशिक समेत इ चार जना गुरुङ्गमा पछि अन्य सोह्र थरि पनि थपिन आएका ती सोह्र थरिथिएः कुपचै, केपचै, कोके, कोने, खुलाल, घ्यावृङ्ग, डोर, थिचै, दोचै, ननचै, पग्यु, प्रुचै, भयचै, योचै, रूपचै, र लेगै ।
ई चार थरि र सोह्र थरिको वीच कलह भनेको चार थरि भरद्वाज गोत्रीय ब्राह्मण सन्तान हुनको गर्व गरेर सोह्र थरिलाई हेयको दृष्टिले उनीहरूलाई कँजाउन खोज्यो यो कलह भूसको आगो झै भित्र भित्र भुत्भुतिएर वि.स. १९२४ सालमा लघुमन गुरुङ्ग मार्फत श्री ३ जङ्ग बहादुर राणाका समयमा भएको यो निप्तारालाई थर गोत्र प्रवरावलीमा यसरी दर्शाइएको पाइन्छ –
चौवीस सालमहाँ गुरुङ लछुमन कर्णेल साहेवले ।
चारै जात र सोह्र जाति ई मिलाउने त हिसावले ।।
विन्ति पारी ठूलो सनद् गरिदिँदा श्री ३ महाराजले ।
विह्या गर्ने र खानपान त मिलाएछन् ती गुरुङले ।।
संसारको इतिहासमा जातीय दङ्गाले परापूर्व कालदेखि अद्यावदि सम्म इतिहासका पाना रक्त रञ्जितका बखानले भरेको पाइन्छ । त्यस्तै त्यो कालकुट सरहको विष चार जाति र सोह्र जाति गुरुङ्गहरू बीच पनि नफैलिएको होइन । यो कलहको कारण भने जातले पायो हात्तले खायो भन्ने सोह्र जाति सँग चार जातिको खानपीन र विवाह– वरीले समेत झगडा हुन्थ्ये। यो झगडाले फेरि मुन्टो उठायो वि।स। १९७७सालमा र १९७८ मा यसको सुलहको फैसला प्रति शिखरनाथ सुवेदीले यसरी वयानेको पाइन्छ (
गुरुङको खलबल अघि सतहतर्साल्मा उठेको हुँदा ।
राखेको झिकि लाल्मोहर र सनद् नीकालि देखाउँदा ।।
चारै जाति र सोह्न जातिहरूको एकै भएको महाँ ।
मैले हेरि बुझी गुरुडहरूमा विन्ती चढाएँ यहाँ ।।
तदुपरान्त ई दई थरि गुरुहरूका बीच त्यस्तै कुनै विषयमा उनीहरू बीच उठेको छैन, संयोगबस त्यस्तो कुनै सोना– तिनो कलह आपसी मेलजोलबाट निप्टारा पाइएको बुझिन्छ ।
गुरुङ्गा १२८ वटा थरहरु रहेको छ ।
श्रोत हरिध्वज खत्री तिमिल्सिनाको किताब नेपाल मण्डलबाट