Aamsanchar

झापामा चाडपर्व लक्षित सुरक्षा योजना लागू, साधा पोशाकका प्रहरी संवेदनशिल क्षेत्रमा परिचालन 

Author Image
बुधवार, असोज १६, २०८१

झापा । झापामा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको छ ।
चाडपर्वमा हुन सक्ने विभिन्न किसिमका घटनालाई न्यूनीकरण गरी सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकहरूलाई भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका लागि असोज १० गतेदेखि झापा प्रहरीले सो सुरक्षा योजना लागू गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार भेटघाट गरी प्रहरी प्रमुख मिलन केसीले असोज १० गतेदेखि कात्तिक २९ गतेसम्मका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिए । सो योजनाअन्तर्गत जिल्लाभरि १२६० जना जनपद र ट्राफिक प्रहरी खटाइएको प्रहरी उपरीक्षक केसीले बताए ।

प्रहरी प्रमुख मिलन केसी ।

प्रहरी उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक ४, प्रहरी निरीक्षक १५ ,प्रहरी वरिष्ठ नायब निरीक्षक ११, प्रहरी नायब निरीक्षक ५५, प्रहरी सहायक निरीक्षक १३२, प्रहरी वरिष्ठ हवल्दार ५७, प्रहरी हवल्दार २०२, प्रहरी सहायक हवल्दार ३०९ र प्रहरी जवान ४७४ जना परिचालन गरिएको केसीले जानकारी दिए । झापामा ११८७ जना प्रहरीको दरबन्दी रहेकोमा चाडपर्वको सुरक्षाका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ९० जना प्रहरी जनशक्ति थपिएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

चाडपर्वमा ट्राफिक नियम पालना गराउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाभरि ७५ जना ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनले चाडपर्वका लागि थप १० जना प्रदेश प्रहरी कार्यालयबाट मगाइएको जानकारी दिए । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउनका लागि झापा जिल्लाका ६ स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको उनको भनाई छ ।

सुरक्षा योजनाअन्तर्गत डिउटी परिचालन गर्न विभिन्न प्रक्रियाहरू निर्धारण गरिएको छ । कमान्ड पोस्ट, पिकेट, रिजर्भ, क्युआरटी, ट्राइकिङ, नियमित चेक पोइन्ट ड्युटी (मापसे चेकिङसहित),विशेष चेकिङ (लामो दुरीको सवारी चेकिङ), ट्राफिकसहितको संयुक्त चेकिङ ,मोबाइल गस्ती ,झै–झगडा,जुवा तास,चोरी, लुटपाट,मापसे नियन्त्रण ,पैदल गस्ती र सादा पोशाक निर्धारण गरिएको हो । त्यस्तै डिउटी परिचालनहरु क्षेत्रहरुमा धार्मिक स्थल तथा मेला पर्व स्थलहरुको सुरक्षा, बैक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षा, राजमार्ग स्कर्टिङ ,बजाररड्युटी अनुगमन, रात्रिकालीन चेकिङ, नागरिक सहायता कक्षरयात्रु सहायता कक्ष ,कर्डन एण्ड सर्च,एम्बुसिङ, तत्काल परिचालन हुन आकस्मिक सभा जुलुस, धर्ना लगायतका कार्यक्रम, माईकिङ, सीमा नाकाहरूमा चोरी तस्करी नियन्त्रण रहेका छन् । चाडपर्वमा खुल्ला सिमाना भएका कारण हुन सक्ने अवैध भन्सार छली, सीमा अपराध,चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, खाद्यान्नमा मिसावट,चाडपर्व नजिकिदै गर्दा घट्न सक्ने चोरी, पकेटमार, लुटपाट र ठगीजस्ता घटना हुने गरेका छन् ।

त्यस्तै सार्वजनिक अनलाइन ठगी, बेटिङ, नक्कली नोट, नक्कली सुन, बजार क्षेत्र,सरकारी कार्यालय र बैंक वित्तीय संस्थाहरुमा चोरी, डकैती, लुटपाट हुन सक्ने, पटाका, रकेट, आतिसवाजीजस्ता विष्फोटक पदार्थको आयात, प्रयोग, बिक्री वितरण र ओसारपसार,सार्वजनिक यातायातको अभाब तथा यात्रुहरूलाई बढी भाडा असुल गर्ने,चिठ्ठा, जुवा तासजस्ता गैरकानूनी क्रियाकलाप हुन/गराउन सक्ने, धार्मिक साम्प्रदायिक दङ्गा हुन सक्ने,बिपद्का घटनाहरु हुन सक्ने ,चाडपर्वको समयमा फरार प्रतिवादी लुकीछिपी घर आउन सक्ने चाडपर्व लक्षित सुरक्षा चुनौतीहरु रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर