Aamsanchar

कनकाईमा गौ हत्या भएको दुई दिनमै अर्जुनधारामा गोरुको मासुसहित एक पक्राउ, अर्का फरार

Author Image
बिहिवार, मंसिर १३, २०८१

झापा- कनकाईमा गाई काटेर खाएको दुई दिनमै अर्जुनधारामा गोरुको हत्या भएको छ । अर्जुनधारा– ५ मा गोरुको मासुसहित एकजना पक्राउ परेको र अर्का फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा– ४ का अन्दाजी ५० वर्षीय राम तामाङ रहेका छन् । त्यस्तै घरधनी अन्दाजी ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङ फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । गएराति अन्दाजी ८:३० बजे अर्जुनधारा– ५ पानीकल बस्ने सन्तबहादुर मोक्तान तामाङको घरको कोठामा अन्दाजी ८ किलोग्राम टुक्रा टुक्रा पारेको मासुसहित राम तामाङ खुकुरीसहित पक्राउ परेका थिए । घरधनी सन्तबहादुर तत्काल फरार रहेकोमा उनको खोजतलास भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

कानुनी प्रकृया पुरा गरी मासुलाई परीक्षणको लागि पठाइएको उनले जानकारी दिएका छन् । गोरु कहाँबाट ल्याएर काटेको सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर