Aamsanchar

मोरङ, सुनसरी, र उदयपुरबाट लागुऔषध सहित ९ जना प*क्राउ

Author Image
बुधवार, पौष १७, २०८१

विराटनगर। मोरङ, सुनसरी, र उदयपुरबाट प्रहरीले लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । पुस १६ गते दिउँसो २ः३० बजे उदयपुरको कटारी नगरपालिका–४ मा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीको टोलीले छापा मारेको थियो।

छानबिनका क्रममा ट्रामाडोल र स्पास्मो ८७७ ट्याब्लेटसहित ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरिकृष्ण राई, २६ वर्षीय करण लिम्बू, २२ वर्षीय विशाल तामाङ, र २० वर्षीय बिकेश तामाङलाई पक्राउ गरिएको छ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ बाट बेलबारी नगरपालिका–२ का ३७ वर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नाइट्राजाम २० चक्कीसहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले नियन्त्रणमा लिएको छ।

यसैबीच, मोरङको विराटनगर महानगरपालिका–१८ मा को.१ च ९५८२ नम्बरको स्कार्पियो गाडीबाट १५५ किलोग्राम गाँजा बरामद गरिएको छ। सोही क्रममा गाडी चालक धरान उपमहानगरपालिका–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरिएको छ।

त्यस्तै, सुनसरीको दुहबीमा इलाका प्रहरी कार्यालयले गढी गाउँपालिका–२ का २३ वर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर