Aamsanchar

पैसा नतिर्ने एउटा मेरो साथी छ ! (कविता)

Author Image
बुधवार, माघ ९, २०८१

पैसा नतिर्ने एउटा मेरो साथी छ !
उमेरले म भन्दा अलि माथी छ !
गफमा, कुरामा असाध्यै जाती छ !
तर पैसा तिर्ने कुरामा अलि विश्वासघाती छ !
पैसा नतिर्ने एउटा मेरो साथी छ !
दिन सजिलो, लिन असजिलो, छाम्दा चाम्रो जस्तो,
छुंदा कागजको खोस्टो जस्तो, पैसा सापटी दिने काम चाही असजिलो ठाउमा आएको पिलो जस्तो !
नउठ्न मिल्ने, नबस्न मिल्ने, नसुत्न मिल्ने !
पैसा कमाउन यति गार्हो छ,
न दिन भन्न पाईन्छ, न राती भन्न पाईन्छ !
पैसा नतिर्ने एउटा मेरो साथी छ !
(फोन गर्यो लठ्ठै पार्छ !)
मान्छे भेट्दा मख्खै पार्छ !
कुरा गर्दा भोलि नै देला झै गर्छ !
लगाएको कोट नै खोलेर देला झै गर्छ !
हो जस्तै पार्छ, खुबै देला झै गर्छ !
सककांवा–व्याज दुवै देला झै गर्छ !
(गार्हो पर्यो, लौन नि दिन पर्यो भन्यो,
भोलि नै आउनुस् भन्छ, गफ गर्छ !)
लोकेशन ÷ क्यु आर पठाउ भन्छ तर मोबाईल अफ गर्छ !
अनि फेरि हैरान बनाउछ !
कहिले बिरामी छु भनेर भान पार्छ,
ढाटेर, दुख दिएर हैरान पार्छ !
अब ऊ घाटमा गएको बेला,
ऊ माथि फुलपाटी चढाउने बिचार छ,
उसको फोटो फेसबुकमा झुन्ड्याउन बाकी छ !
हो मेरो पैसा नतिर्ने एउटा साथी छ ….
पैसा नतिर्ने एउटा मेरो साथी छ …. !!!

यो कविता गिरीप्रसाद पुनको फेसबुक वालबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर