Aamsanchar

घनघोर जङ्गलमा ४० वर्षपछि बाबुछोरा जीवितै फेला

Author Image
बुधवार, माघ ९, २०८१

पछिल्लो पटक सन् १९७३ मा भियतनाम युद्धका बेला अमेरिकी बम वर्षाबाट बच्न दौडिरहेको देखिएका बाबुछोरा घनघोर जङ्गलमा ४० वर्षपछि जीवितै फेला परे । भियतनाममा दुई जना दाउरेले एउटा रुखभित्र सानो झुप्रो फेला पारे र भित्र हेर्दा उनीहरू तीनछक्क परे, जसलाई धेरै वर्षपहिले मृत मानिएको थियो, उनीहरू त त्यहाँ थिए ।

अमेरिकी हवाई हमलाका बेला हो भान थान आफ्नो घर ध्वस्त भएपछि सानो छोरा हो भान लाङलाई समातेर भाग्दै गरेको गाउँलेले देखेका थिए । त्यसपछि उनीहरूलाई कसैले देखेनन् । डरले भागेका हो भान बाबुछोराचाहिँ घनघोर जङ्गलभित्र आदिम मानव जसरी जीवनयापन गर्न थाले । उनीहरूले बाँच्नका लागि अपरिष्कृत हतियार र उपकरण बनाए ।

४० वर्षपछि उनीहरू फेला पर्दा बुवा भान थान ८३ वर्षका थिए र उनको स्वास्थ्य अवस्था निकै खराब थियो । उनलाई जङ्गलबाट ल्याएर अस्पताल भर्ना गरियो । उनका छोरा भान लाङ ४१ वर्ष भएका थिए र उनी स्वस्थ थिए । उद्धार गरिँदा बाबुछोरा दुवै युद्ध अझै पनि चलिरहेको विश्वासमा थिए ।

–युवामञ्च

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर