

उत्सवले नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित छलफल र विचार आदान–प्रदानको मञ्च उपलब्ध गराउनेछ। यस वार्षिक मञ्चले सामूहिक समाधानको खोजी गर्दै सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्य लिएको छ।

बिना फाउण्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बरुण झाले कोशी विचार उत्सवले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। “उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ,” उनले बताए।

कोशी प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदाले यो उत्सवलाई विशेष पृष्ठभूमि प्रदान गर्ने बताइएको छ। विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी, र कलाकारहरूको उपस्थितिमा विचारको आदान–प्रदान हुनेछ।


कोशी विचार उत्सवले नेपालको समृद्धि र सामाजिक एकताको लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने र यस क्षेत्रको पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
