Aamsanchar

सुन चाँदीकाे मुल्य

Author Image
सोमवार, माघ १४, २०८१

काठमाडौं – सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएको छ। चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)