Aamsanchar

सामाजिक सञ्जाल दुरुपयोग गर्नेविरुद्ध कडा कानूनी प्रावधान

Author Image
मङ्गलवार, माघ १५, २०८१

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी झुटो (फेक) आइडी बनाएर राष्ट्रियता विरोधी गतिविधि गर्ने व्यक्तिहरूलाई कडा कारबाही गरिने भएको छ। हालै सरकारले साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई थप कडा बनाउँदै यस्तो कार्यमा संलग्नलाई ५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

नयाँ प्रावधान अनुसार, फेक आइडीमार्फत गलत सूचना फैलाउने, राष्ट्रिय एकता र सार्वभौमसत्तामा आँच पुर्‍याउने, वा समाजमा भ्रम फैलाउने क्रियाकलापमा संलग्न हुने व्यक्तिहरूलाई कडा कारबाहीको दायरामा ल्याइनेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, पछिल्ला दिनहरूमा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै फेक आइडीमार्फत गलत सूचना फैलाउने र राष्ट्रिय हितविरुद्ध गतिविधि गर्ने घटनाहरू बढ्दै गएकाले यस्तो कानूनी कदम चालिएको हो।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित, मर्यादित र उत्तरदायी बनाउन यस कदमलाई आवश्यक बताएको छ। ूडिजिटल युगमा गलत सूचना फैलाउनु र राष्ट्रिय हितविरुद्धको काम कुनै हालतमा सह्य हुँदैन। यो व्यवस्थाले दोषीलाई न्यायको कठघरामा ल्याउनेछ,ू मन्त्रालयका एक अधिकारीले बताए।

यस कानूनी कदमले नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतालाई असर नगर्ने सरकारको दाबी छ। अधिकारीहरूका अनुसार, यो नियमको उद्देश्य नागरिकको अधिकारको सम्मान गर्दै सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्नु हो।

साइबर सुरक्षाका लागि महत्वपूर्ण कदम
विशेषज्ञहरूले यो कदमलाई सकारात्मक ठहर गरेका छन्। यो कानूनी प्रावधानले डिजिटल माध्यममा बढ्दो अपराधलाई न्यूनीकरण गर्दै साइबर सुरक्षालाई बलियो बनाउने विश्वास लिएको छ।

सामाजिक सञ्जालमा जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्दै गलत कार्यमा संलग्नलाई कानूनी कारबाही गर्ने यो नियमले नेपालमा साइबर अपराधको नियन्त्रणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर