Aamsanchar

वासिङटन डीसीमा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्कियो

Author Image
बिहिवार, माघ १७, २०८१

काठमाडौं –अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९ बजे उक्त दुर्घटना भएको एपीले जनाएको छ ।

अवतरणअघि नै विमान हेलिकोप्टरसँग ठोक्किएको त्यहाँको संघीय उड्डयन प्रशासनले जनाएको बीबीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, विमानमा चालक दलका चार सदस्य र ६० यात्रु सवार थिए । ठोक्किएसँगै विमान र हेलिकोप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी छ । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन ।

उक्त विमानस्थलका सबै उडान तत्कालका निम्ति बन्द गरिएको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ । नदीमा उद्धार र खोजीकार्य जारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर