Aamsanchar

झापामा प्रहरीद्वारा गोली प्रहार गर्दै दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

Author Image
मङ्गलवार, माघ २२, २०८१

झापा । कन्काई नगरपालिका-४ मा प्रहरीले गोली प्रहार गर्दै दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। आज साँझ प्रहरीले विशेष सूचनाका आधारमा लागूऔषध लुकाइराखेको खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले कारबाही चलाएको थियो।

प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गर्ने प्रयास गरे पनि उनीहरू भाग्न खोजेपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो। भाग्न नछाडेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गर्न बाध्य भएको बताइएको छ। उक्त गोली लागेर एकजना घाइते भएका छन्। पक्राउ परेका व्यक्तिहरू भारतको डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलम रहेका छन्।

घाइते भएका आलमको कन्काई नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का व्यक्ति प्रहरी नियन्त्रणमा छन्। प्रहरीले उनीहरूको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालका अनुसार लागूऔषध ओसारपसार विरुद्धको कारबाहीलाई थप कडाइ गरिने छ।

यस घटनाले नेपाल-भारत सीमामा लागूऔषध तस्करीको चुनौतीलाई पुनः सतहमा ल्याएको छ। प्रहरीले यस्ता आपराधिक क्रियाकलाप रोक्न गस्ती तथा निगरानी थप कडा पार्ने जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)