Aamsanchar

मौलेसालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Image
सोमवार, माघ २८, २०८१

सुर्खेत –  मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका-१, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडकमै अड्केको र थापा सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर