Aamsanchar

भारतसँग छैन एक महिनालाई पनि तेल स्टक

Author Image
मङ्गलवार, फागुन १९, २०८२

नयाँ दिल्ली – मध्यपूर्व एसियामा बढ्दो तनावका कारण भारतसँग अब २५ दिनका लागि मात्र कच्चा तेल र प्रशोधित तेल स्टक बाँकी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

समाचार एजेन्सी एएनआईले भारतको ऊर्जा सुरक्षाबारे सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। यद्यपि, सरकारले अहिले तत्काल पेट्रोल–डिजेलको मूल्य नबढाउने जनाएको छ ।

इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेको छ । साथै इरानी सेनाले यस मार्गबाट ​​कुनै पनि पानीजहाज गएमा त्यसलाई आगो लगाइने चेतावनी दिएको छ । ओमान र इरानको बिचमा अवस्थित यो मार्ग विश्वको तेल व्यवसायका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।

होर्मुज मार्ग बन्द हुँदा विश्वका धेरै देशहरूको तेल आपूर्तिमा प्रभाव पर्नेछ, जसमा भारतलगायत एसियाली देशहरूमा सबैभन्दा बढी असर पर्नेछ । यस मार्ग बन्द भएका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्न सक्छ ।

हाल ब्रेन्ट क्रुडको मूल्य करिब ५ दशमलव ५८५ बढेर प्रतिब्यारेल ८० दशमलव ४१ डलर हाराहारी पुगेको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर