


अहिले काँग्रेस काँग्रेस भित्रै लड्दै छ । आफू आफू लड्दै भिड्दै छन । गुट उप गुट काँग्रेस भित्र छ । एक ले अर्कालाई सिध्याउने भाव काग्रेसमा चरम हुँदै गएको छ ।

काग्रेसमा कोइराला परिवारकाले देशको राजनीति प्रतिकुल अवस्था हुँदा राजनीति सुरु गरेको हो र प्रतिकुल राजनीतिक अवस्थामा राजनीति गर्न अभ्यस्त भइसकेको त्यो परिवारमा प्रतिकुल लाई अनुकुलमा परिणत गर्ने क्षमता र सिप अभ्यस्त छ । अहिले संस्थापनले कोइराला परिवार भित्रकै एक नेता डा. शेखरलाई यस्तै प्रतिकुलमा अवस्था सृर्जना गर्ने र सिध्याउने खेल र रणनीति अपनाएको छ । तर कोइराला परिवार भित्रका यि डा. शेखरलाई जतिसुकै प्रतिकुल अवस्था सृजना गरे पनि राजनीति नै समाप्त गर्ने रणनीति अख्तियार गरेपनि त्यस्तो प्रतिकुल अवस्थालाई अनुकुलमा परिणत गर्न सक्ने संस्कार विराशत बाटै बोकेर आएका देखिन्छन ।

कोशी प्रदेशमा भएको सभापतिको भेलामा पनि शेखरलाई अनुपस्थित गराउने प्रपञ्च रचे भने उनबाट उद्घाटित कोशी प्रदेशको पालिका सभापतिहरुको भेलालाई अवैधानिक सम्म भन्न संस्थापनले भ्याए । पोखरमा भएको देशभरिका सभापतिहरुको भेलामा त बोलाउदै वोलाएन । उ लगायत धेरै पदाधिकारी सम्मलाई बोलाइएन । अरु पदाधिकारी र केन्द्रिय सदस्यहरूले हामीलाई किन नबोलाइएको हो भन्ने प्रश्न उठ्दा डा. शेखरलाई पनि बोलाइएको छैन भन्ने जवाफलाई संस्थापनले आफ्नो कवच ठानेको हो भने त्यो संस्थापनको दरिद्र सोच हो त्यसले सिंगै काँग्रेसलाई क्षति पुग्छ र भोलि यसको भर्पाई शेखर ले हैन संस्थापनले भर्नु पर्ने हुन्छ ।


हुन त यो पहिलो पटक यस्तो भएको हैन यो भन्दा पूर्व जनकपुरमा भएको भेलामा पनि यस्तै भएको थियो । रामचन्द्र पौडेलको समयमा यतिसारो यस्तो भएको थिएन अहिले वहाँ राष्ट्रपति हुनुहुन्छ । जनकपुर र पोखरामा भएको अभिमुखी र प्रशिक्षण कार्यक्रममा देश भरिका सभापतिहरुको भेलामा काँग्रेस एक हुनुपर्छ र एक भएर चौरासीको चुनावमा बहुमत ल्याउनु पर्छ भनेर प्रशिक्षण कार्यक्रममा बोल्दै गर्दा कार्यक्रममै गुट र भेद पूर्ण व्यवहारले सभापतिहरुलाई दिएको प्रशिक्षणले कस्तो कार्यकर्ताहरू प्रशिक्षित गरिदै छ यो संस्थापनले किन सोचेन ।


महाअधिवेशन कहिले ?
काग्रेसको पन्ध्रो महाअधिवेशन विसयमा त्यही उपस्थित नेताहरुको फरक फरक विचार प्रस्तुत भइरहेको थियो । संस्थापनका अधिकंश नेताहरुबाट चौरासीको निर्वाचन पछी महाअधिवेशन हुनु पर्ने विचार व्यक्त गरे । उनिहरुको विचार वर्तमान गठवन्धन सरकारको नेतृत्व काग्रेसले गर्दै चौराुीको निर्वाचन पछी महाअधिवेशन गरौ भन्ने थियो । यसो गर्दा संस्थापनले नै चौरासीको निर्वाचनमा टिकट वितरण गर्दा संस्थापनको वरि परी रहेकाहरुमा केन्द्रित रहने र भोलि संसदिय समितिमा आफ्नो बहुत नै हुने र पुन शेर बादुर देउवानै प्रधानमन्त्री वन्न सक्ने वातवरण वनाउने हुन सक्छ ।
तर त्यसले काँग्रेस झन सांगठनिक रुपमा कमजोर र आमजनतामा निराशा र वितृष्णा फैलिन छ । अहिले जनता र राजनीतिक दलका नेता र कार्यकर्ता तिनवटै राजनीतिक दलमा नयाँ अनुहार र नयाँ नेतृत्व खोजिरहेका छन । संस्थापनले यो कुरा बुजेन भने जनता र दलका साथिहरुको भावना पढेन भने काँग्रेस मात्रै हैन सबै राजनितिक दलको नेतृत्व लिएर वसेकाहरुले आफ्नो दल जोखिमा पार्ने छन । अरु दलको भन्दा काँग्रेस ठुलै जोखिमा पर्ने छ । काँग्रेस संकटमा पर्ने छ । यो संकट र जोखिमबाट तार्ने हो भने निर्धारित मीति र समयमा पन्ध्रो महाअधिवेशन गर्नु काग्रेसकोलागी हितकर हुनेछ ।
डा. शेखर र गगन एकै ठाउमा
काग्रेसको पन्ध्रो महाअधिवेशन कहिले गर्ने भन्ने विसयमा काँग्रेस भित्रै मतमतान्तर भइरहेको वेलामा डा. शेखर र गगन को स्वर र विचार यौटै भएर आएको छ । देउवा संग नजिकिन्दै भन्ने आरोप गगन माथि लागिरहेको समयमा संस्थापनले चौरासीको निर्वाचन पछी महाअधिवेशन गर्ने संस्थापनको स्वरमा को विपक्षमा संस्थापन इतरका नेता डा. शेखरको स्वरमा स्वर मिलाउदै गगन उभिनुले सभापतिको उम्मेदवारमा गगन साथ दिदै एक ठाउमा उभिन आइपुग्ने संकेत हुन सक्छ ।
अहिले को कता छ । अहिले संस्थापन र संस्थापन इतरमा को को छन । भोलि को को कता कता पुक्छन त्यो भन्दापनि काँग्रेस हितकोलागी काँग्रेस सुध्दीको लागी विधी र प्रकृयाको लागी पुस्तान्तरण र रुपान्तरण गर्न परिमार्जित गर्न को को छन त्यस्को लागी कस्ले कस्तो भुमिका निर्वाह गर्दै छन । कस्ले कस्तो विचार प्रकट गर्दै छन । त्यो महत्वपुर्ण हो चाहे त्यो संस्थापनमै वसेर होस या संस्थापन इतरमै वसेर होस । अहिले गगन संस्थापनमै वसेर यस्तै भुमिका निर्वाह गर्दै छन । उन्को यो भुमिकाले डा. शेखरले महाधिवेशन कहिले हुनुपर्ने भन्ने विसयमा व्यक्त गरेको विचारमा सहमती जनाउनाले डा. शेखरको विचार बलियो भएर स्थापित हुँदै छ ।
डा. शेखर के भन्छन
महाअधिवेशन निर्धारित मिति र समयमा हुनु पर्ने जोड दिदै आउने नयाँ कार्यसमीतिले चौरासीको निर्वाचनको नेतृत्व लिनु पर्ने वताउछन । समयमै गरेको महाअधिवेशनबाट काग्रेसको नेतृत्वमा नयाँ अनुहार आउने र त्यो अनुहार हेर्न आम जनता र नेताहरु हेर्न लालयित रहेका छन । यसबाट चौरासीको निर्वाचन काग्रेसको लागी निक्कै फलदायि हुने वताउछन ।
अव जनता पुरानो अनुहार र नेतृत्वबाट आजित भैसकेको हुँदा यस्तो नेतृत्वबाट मुलुकमा कुनै तात्विक अन्तर हुदैन भन्ने सोच छ । यो कुरा संस्थापनले समयमै धारण गरेर अगाडि बडौ भन्ने डा. शेखरको बुजाइ रहेकै छन् ।