Aamsanchar

देवी पाथीभरा इङ्ग्लिस स्कुलको १६ औं वार्षिकोत्सव सम्पन्न

Author Image
शुक्रवार, फागुन २, २०८१

अर्जुनधारा। अर्जुनधारा –६ कप्तानबारीस्थित देवी पाथीभरा इङ्ग्लिस स्कुलको १६ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष नारदमनि आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्‌घाटन गरेकी थिइन् ।
शिक्षकहरूको तर्फबाट संयोजक श्याम दुलाल र विद्यार्थीहरूको तर्फबाट युवराज भण्डारीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरूले रायम्स, गीत, नृत्य, सांस्कृतिक नृत्यसँगै मोबाइलको लत र रूख नामक नाटक मञ्चन गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य सन्तोष मेचे, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक,  न्यायिक समितिका सदस्य तुम्मनाथ काफ्ले, अर्जुनधारा प्याब्सनका सदस्यद्वय ध्रुव श्रेष्ठ र शान्ति गिरी, सामाजिक व्यक्तित्व लोकनाथ पौडेल लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका संस्थापक राजेशकुमार आचार्यले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीहरू आसिका राई, पवन मैनाली, योजन सापकोटा, रोशन अधिकारी र शुभम् गहतराजले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 274

प्रतिक्रिया (०)