Aamsanchar

पाँचथरमा ५० मुरीभन्दा धेरै धान फलाउने किसान नगदसहित पुरस्कृत

Author Image
शनिवार, फागुन ३, २०८१

फिदिम-पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ ।

किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फुलमाला लगाई दिदै गरेको दृश्य निकै नै रोचक थियो ।

आर्थिक वर्ष २०८०/०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान

फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रुपमा यसरी सम्मान गरेको हो ।

गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुशी देखिएको थियो ।

गाउँपालिकाले यो वर्ष ५० मुरीदेखि एक सय मुरीसम्म धान फलाएका ३९ जना किसानलाई जनहि ३० हजार र एक सय मुरी धान फलाएकालाई जनहि ५० हजारका दरले पुरस्कार प्रदान गरेको हो ।

गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानमध्ये प्राप्त पुरस्कारबाट केहिले दुहुनो गाई केहिले भैंसी त केहिले हल गोरु किन्ने बताए ।

गाउँपालिकाले आगामी वर्ष अन्य समूहका बालीमा पुरस्कार दिने योजना अघि बढाउने अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)