



भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले गरेको क्षतिपूर्ति घोषणा अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे दुई लाख भारु दिइनेछ ।

गएराति भएको घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 108