



काठमाडौं – कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मंगलबार हल्का वर्षाको सम्भावना छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ। तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।


बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १८ देखि २० डिग्री सेल्सियसबीच पुग्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 42