




कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गरे। पूर्व पदाधिकारीहरूले आधिकारिक रूपमा माइन्युट हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरे।


पत्रकार राजु पाठकको सम्पादनमा प्रकाशित सुखानी सन्देश विशेषांकको विमोचन प्रमुख अतिथि सापकोटा, विशिष्ट अतिथि तथा अन्य सहभागीहरूले सामूहिक रूपमा गरे। प्रमुख अतिथि सापकोटाले सहिदहरूको बलिदानलाई सम्मान गर्दै, उनीहरूले देखेको सपना पूरा गर्न पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ महत्त्वपूर्ण भएको बताए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री झलकसिंह दर्लामी सन्देश, जिल्ला इन्चार्ज रञ्जित तामाङ, प्रदेश उपाध्यक्ष तथा घाइते प्रतिष्ठानका अध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, र सुखानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष विपिनकुमार चौहानलगायतले संचार क्षेत्रको एकताले मात्र सहिदहरूको सपना साकार पार्न सकिनेमा जोड दिए।


पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले विशेषांकबारे प्रकाश पारेकी थिइन् भने सुखानी सन्देशका सम्पादक चुडामणि बशिष्ठले विशेषांक प्रकाशन प्रक्रियाबारे जानकारी गराएका थिए।
कार्यक्रम प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष सन्तोष शर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए।