



काठमाण्डौ – दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट पाँच जना घाइते भएका छन् । तुलसीपुर–१७ मानपुरका ५६ वर्षीय रामकृष्ण चौधरी, उहाँका छोरीहरु २० वर्षीया प्रिमा र २८ वर्षीया शान्ता, ४२ बर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश ००२–००१ त ००८५ नम्बरको ट्याक्टर हिजो बेलुका साढे ७ बजे एक्कासी घरभित्र पसेको थियो । घर भत्किएको छ । दुर्घटनाको बेला खाना खाइरहेका पाँच जना घाइते भएका हुन् । उनीहरुको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।


दुर्घटना लगत्तै सहचालक र चालक फरार रहेका तथा ट्याक्टर धनी भने सम्पर्कमा आएको प्रहरीको भनाइ छ । रामकृष्ण चौधरीले घरमा नास्ता पसल सञ्चालन गर्दै आउनुभएको थियो ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 22