




काठमाडौँ- एएफसी एसिएन कप–२०२७ छनोट खेल खेल्न नेपाली फुटबल टोली शनिबार मलेसिया पुगेको छ ।

नेपालले छनोट खेलको तयारीका लागि शुक्रबार साँझ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपालले सिङ्गापुरलाई उसैको मैदानमा १–० गोलले हरायो । नेपाली टोली सिङ्गापुरबाटै मलेसिया गएको हो ।


सिङ्गापुरसँग ३६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले सिङ्गापुरलाई पहिलो पटक हराएको हो । नेपालको जितमा जेलेस्पीजङ्ग कार्कीले निर्णायक गोल गर्नुभएको थियो ।


सिङ्गापुरलाई हराएपछि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ । नेपालले नेपाल मलेसियामाथि जितको लयलाई निरन्तरता दिने तयारीमा छ । नेपालले मलेसियासँग मार्च २५ तारिख प्रतिस्पर्धा गर्नेछ ।
नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहेने टोलीले एसियन कप खेल्नेछ ।