




श्री जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५० ब्याचले आयोजना गर्न लागेको यस प्रतियोगितामा, पहिलो स्थान हासिल गर्ने कविलाई नगद ५१,१०० पुरस्कार प्रदान गरिने जानकारी कार्यक्रमका अध्यक्ष सन्तोष श्रेष्ठले दिएका छन्।

यसैगरी, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः ४१,१००, ३१,१०० र ११,१०० रुपैयाँका साथ दिइनेछ। साथै, छनोट भएका अन्य पाँच जनालाई नगद ५,१०० सहित पुरस्कृत गरिने जानकारी दिइएको छ।

प्रतियोगिता कवि र कवितालाई समाजमा अझ परिचित र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।


कविता पठाउने अन्तिम म्याद २०८१ चैत मसान्तसम्म राखिएको छ। कविहरूले कविता समसामयिक विषयमा नेपाली भाषामा, गद्य वा पद्यमा रचित तीन सय शब्दसम्मको मौलिक र अप्रकाशित कविता पठाउनु पर्नेछ। साथै, प्रतियोगीले हालसालै खिचेको रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर पनि कविता सँगै पठाउनुपर्नेछ।
प्राप्त कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिनेछ। उत्कृष्ट १० कविहरूलाई कविता वाचन गर्न स्वयं उपस्थित हुनुपर्नेछ।
कार्यक्रममा, नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागिता रहनेछ।
प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र यसमा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसको लागत एसएलसी ब्याच २०५० द्वारा व्यक्तिगत रूपमा जुटाइनेछ।