




रौतहट – रौतहटमा प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको छ।


जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले गत चैत १५ गतेदेखि २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा विभिन्न ब्रान्डको कागजपत्र नभएको ५ थान चोरीका मोटरसाइकल बरामद गरेको हो।

बरामद मोटरसाइकलहरुको कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।







































Views: 86