Aamsanchar

गोबर मल लिएर गइरहेको ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृ*त्यु

Author Image
आइतवार, चैत ३१, २०८१

भोजपुर – भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिएका छन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर