Aamsanchar

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ : देउवा

Author Image
आइतवार, चैत ३१, २०८१

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्नु पर्ने बतताएका छन ।

नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको इदको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले शिक्षकको माग सम्बोधन गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताएका हुन ।

‘वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ; देउवाले भने । उनका अनुसार शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जनाएका छन् ।


Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर