Aamsanchar

हाजिर छुटे भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना

Author Image
मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं –  तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ । हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आठ जनालाई छाडेको हो । हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो ।

जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् । पहिलो पटक ६ जनालाई हाजिर जमानीमा छाड्ने सरकारी वलिक कार्यालय सहमति दिएपछि ६ जनालाई छाडिएको थियो । पछि थप दुई जनालाई छाडिएको थियो । उनीहरू हाजिरी जमानीमा छुटे पनि मुद्दा भने चलिरहने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए । तीनकुने घटनामा अहिलेसम्म ८२ जना पक्राउ परेर मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । ती मध्ये ८ जनालाई हाजिरी जमानीमा बाहिर राखेर अनुसन्धान गरिएको छ भने ७४ जना अहिले पनि परिसरकै हिरासतमा छन् ।

Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर