




आज सहयोगीको अपेक्षा नगर्नु नै उपयुक्त हुनेछ, किनभने अन्तिम समयमा बन्न लागेको कार्य विफल हुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, तर आफैं खटिएर काम गर्दा परिणाम अपेक्षित नै हुनेछ। पारिवारिक वातावरण सामान्य रहनेछ भने घरायसी काममा व्यस्तता देखिन्छ। भावना र इच्छाहरूलाई मान्यता नपाउँदा मन अशान्त हुन सक्छ। केवल किताब, प्रायोगिक अभ्यास र ल्यापटपमा केन्द्रित हुँदा मानसिक थकान अनुभव हुन सक्छ, ध्यान वा योगमार्फत एकाग्रता बढाउनु राम्रो हुन्छ। आज भाग्यबल शून्य प्रतिशत रहेको देखिन्छ। शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा उत्तर हो। अनिवार्य कार्य वा आकस्मिक यात्राको सुरुवात गर्दा “ॐ अं अङ्गारकाय नमः” मन्त्र कम्तीमा १० पटक जाप गर्नु लाभदायक हुनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ मित्रता वा सम्बन्धप्रति मन आकर्षित हुनेछ, तर कुनै पनि प्रतिबद्धता तत्काल नगर्नु उचित हुनेछ। आत्मीय मित्र वा सहकर्मीको साथले चिताएको काममा सफलता मिल्नेछ। कार्यक्षेत्रमा सफल हुने दिन हो, तर परिवारका भावना बुझ्दै अघि बढ्नु श्रेयस्कर हुनेछ। मन प्रसन्न रहनेछ; प्रिय व्यक्तिसँग समय बिताउने वा सामाजिक कार्यक्रममा सहभागी हुने सम्भावना छ। आज २५ प्रतिशत भाग्यबल देखिन्छ। शुभअङ्क ७, शुभ रङ रातो, शुभ दिशा पश्चिम हो। आकस्मिक यात्रा वा महत्वपूर्ण काम प्रारम्भ गर्नुअघि “ॐ कात्यायनी भगवत्यै नमः” मन्त्र ११ पटक जाप गर्नुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सरकारी वा कानुनी काममा सफलता मिल्ने समय हो, तर विवाद वा बहसबाट टाढा रहनु हितकर हुन्छ। नयाँ सम्झौता वा व्यवसायिक छलफलको सम्भावना छ। कटुशब्दको प्रयोग वा आलोचना गर्ने बानीले समस्यामा पार्न सक्छ, त्यसैले संयमित भाषाको प्रयोग गर्नु बुद्धिमानी हुनेछ। आज ८० प्रतिशत भाग्यबल साथ दिनेछ। शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा दक्षिण हो। आकस्मिक कार्य प्रारम्भ गर्दा “ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः” मन्त्र कम्तीमा १० पटक जाप गर्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज आन्तरिक प्रतिभा उजागर हुने दिन हो, विशेष गरी कला, साहित्य वा लेखनमा रुचि राख्नेका लागि उपयुक्त समय हुनेछ। अध्ययन–अध्यापनमा संलग्नहरूले प्रशंसा पाउनेछन्। सामान्य जनले पनि दार्शनिक र आध्यात्मिक विषयमा रुचि देखाउने सम्भावना छ। व्यक्तित्व विकासमा ध्यान केन्द्रित गर्नु राम्रो हुनेछ। इन-सर्भिस अध्ययन वा तालिमका लागि प्रयास गर्दा सफलता मिल्नेछ। आज भाग्यबल १५ प्रतिशत रहनेछ। शुभअङ्क ५, शुभ रङ सेतो, शुभ दिशा पूर्व हो। आकस्मिक यात्राको सुरुवात गर्दा “ॐ शारदादेव्यै नमः” मन्त्र ११ पटक जाप गर्नुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रेम सम्बन्धमा केही असहजता वा अड्चन देखिन सक्छ, यद्यपि पारिवारिक साथले मन हलुका हुनेछ। भविष्यप्रतिको सोच बढ्नेछ र धार्मिक तथा पवित्र स्थलको भ्रमण हुने सम्भावना छ। कारोबारमा नयाँ दिशा दिने प्रयास हुनेछ, तर आश्वासन वा लोभमा परेर निर्णय नलिनु उपयुक्त हुन्छ। आज भाग्यबल शून्य प्रतिशत देखिन्छ। शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो, शुभ दिशा उत्तर हो। कुनै महत्वपूर्ण कार्य प्रारम्भ गर्नु अघि “ॐ भ्रामरीदेव्यै नमः” मन्त्र ११ पटक जाप गर्नुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज पूर्ण समर्पणका साथ काममा लाग्नुपर्ने दिन हो। साँझतिर कुनै विशेष व्यक्तिसँग रोमान्टिक पल बिताउन सकिने सम्भावना छ। कार्ययोजना र व्यवस्थापनमा समन्वय गरी काम गर्दा लाभ हुनेछ। अरूमाथि निर्भर भएर काम गर्नुभन्दा आफैंले ध्यान दिनु उचित हुनेछ। पारिवारिक भेटघाट वा माइतीपक्षसँग सम्बन्ध बढ्नेछ। आज भाग्यबल ४५ प्रतिशत देखिन्छ। शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा पश्चिम हो। अनिवार्य कार्य प्रारम्भ गर्दा “ॐ भूमिनन्दनाय नमः” मन्त्र १० पटक जाप गर्नु लाभदायक हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज निर्णय क्षमतामा वृद्धि हुनेछ र पहिले नबनेका कामहरू बन्न सक्नेछन्। व्यक्तित्व विकासका लागि सहयोगी वातावरण सिर्जना हुनेछ। यदि कुनै मतभेद छ भने समाधानको बाटो पहिल्याउन सकिने समय हो। बोली र व्यवहारको माध्यमबाट धेरैलाई प्रभावित बनाउन सक्नुहुन्छ। खर्च बढ्ने संकेत रहेकाले योजनाबद्ध खर्च गर्नु राम्रो हुनेछ। आज भाग्यबल १५ प्रतिशत देखिन्छ। शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो, शुभ दिशा दक्षिण हो। आकस्मिक यात्राको लागि “ॐ श्रियै नमः” मन्त्र ११ पटक जाप गर्नुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ऋण वा उधारोसँग सम्बन्धित विषयहरू महत्वपूर्ण बन्न सक्छन्। यदि स्वास्थ्य सेवा, काठ, औषधी वा फर्निचरसम्बन्धी व्यवसाय छ भने फाइदा मिल्ने सम्भावना छ। वैवाहिक जीवनमा विचार नमिल्न सक्छ, तर प्रेमभाव कायम नै रहनेछ। आफनो रुचिको क्षेत्रमा अगाडि बढ्ने अवसर प्राप्त हुनेछ। आज ३० प्रतिशत भाग्यबल रहनेछ। शुभअङ्क १, शुभ रङ सिन्दुरे रातो, शुभ दिशा पूर्व हो। अनिवार्य कार्य प्रारम्भ गर्दा “ॐ धरणीसुताय नमः” मन्त्र १० पटक जाप गर्नु लाभदायक हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धन र सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने दिन हो। घरबाट बाहिर निस्कँदा सावधानी अपनाउनु आवश्यक छ। मनको हठ वा कुण्ठाले गर्दा पढाइ र ध्यान विचलित हुन सक्छ। भावनात्मक असन्तुलनका कारण कसैले तपाईंको स्थिति बुझ्न नसक्ने समय हो। आज भाग्यबल शून्य प्रतिशत देखिन्छ। शुभअङ्क ३, शुभ रङ सेतो, शुभ दिशा उत्तर हो। अनिवार्य काम वा यात्राको सुरुमा “ॐ कालभैरवाय नमः” मन्त्र २१ पटक जाप गर्नु लाभदायक हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ काम सुरु गर्ने अनुकूल समय हो। अतिरिक्त आम्दानीको सम्भावना छ, जसले रमाइलोको अवसर दिनेछ। सम्बन्धमा मिठास ल्याउन प्रियजनलाई सानो उपहार दिनु राम्रो हुनेछ। परिवारसँग समय बिताउन सकिनेछ र कुनै प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नेछ। आज भाग्यबल ४५ प्रतिशत देखिन्छ। शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो, शुभ दिशा पश्चिम हो। महत्वपूर्ण कार्य सुरु गर्नु अघि “ॐ धनदाय नमः” मन्त्र २१ पटक जाप गर्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मको प्रतिफल प्राप्त हुने र उच्चपदस्थ व्यक्तिसँग निकटता बढ्ने दिन हो। बाध्यता र दबाबबीच पनि समन्वय कायम रहनेछ। पेसागत सुधारका लागि योजनाबद्ध रूपमा अघि बढ्नु लाभदायक हुनेछ। अन्य दिनको तुलनामा बढी खट्नुपर्ने देखिन्छ। आज ६५ प्रतिशत भाग्यबल रहनेछ। शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे, शुभ दिशा दक्षिण हो। आकस्मिक यात्राको लागि “ॐ धरात्मजाय नमः” मन्त्र १० पटक जाप गर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सार्वजनिक हित र सामाजिक कार्यमा सक्रिय रहनुपर्ने दिन हो। छरछिमेक वा आफन्तजनको धार्मिक कार्यक्रममा सहभागी भइनेछ। विदेश यात्रा, छात्रवृत्ति वा नयाँ अवसरतर्फ कदम चाल्ने हो भने आजको प्रयास सफल हुने सम्भावना प्रबल छ। नयाँ काम प्रारम्भ गर्दा सकारात्मक परिणाम मिल्नेछ। आज भाग्यबल १५ प्रतिशत रहनेछ। शुभअङ्क ९, शुभ रङ सिन्दुरे रातो, शुभ दिशा पूर्व हो। अनिवार्य कार्य प्रारम्भ गर्नु अघि “ॐ भौमाय नमः” मन्त्र १० पटक जाप गर्नुहोस्।




