


सिङ्गै कोठा गनायो हरक छ नमिठो छैन केही प्रवाह
मुर्दा जस्तै कुहेको मुलुकभरि छ है गन्धको दुष्प्रभाव
सिङ्गो सत्ता गनायो तर सहज भनेँ बासनाको बहार


खै कस्तो श्राप पाएँ हरपल उसको गन्ध बोकेर हाँस्ने
आफ्नो सच्चाइ जम्मै पुरिकन यसरी मोह गर्दैछु बाँच्ने
साह्रै दुर्गन्धलाई पनि किन किन हो बासना मान्छु सत्ते
बानी कस्तो बनेको घृणित छु बिचरा गन्धमा गर्छु हत्ते


वाचा भाषा गनायो अझ नजिक गई मन्त्रजस्तै मठान्छु
आस्था पोलेर खायो भय प्रदछ भनी देवता तुल्य मान्छु ख्वामित्को भक्त पक्काअभिकरण बनी शत्रुलाई म ठुङ्छु
टट्टीजस्तै गनायो दिङमिङ नगरी स्वाद मानेर सुँघ्छु

कालो दुर्भाग्य नै हो म पनि त कुहिएँ चेतना पोली खाएँ गन्धेको काव्य लेखी कलम मगजको मान पूरा सडाएँ
जम्मै सुल्तान उस्तै हृदय सडल छन् ओहदामा बसेका
हामी बुझ्नेहररू नै पछिपछि दगुरी गन्ध सुँघ्दै रमेका

बोली ह्वास्सै गनायोअभिमत उसको बिम्ब जम्मै गनायो
थोत्रे उद्गार उस्तै टर टर टरको भाव धारा गनायो
के बोल्ने के नबोल्ने फत फत फतको अर्थ सारा गनायो
जम्मै दुर्गन्ध बोक्ने म छु अनि उसले दास पक्का बनायो
माखाजस्तै छ धेरै द्रुततर गतिले गन्दगी मात्र खोज्छ
नालीजस्तै गनाई हर पलक महामारीको सूत्र रोज्छ
यस्ता गन्धेहरूको अघि र पछि गरी पुज्न तम्सन्छु खुट्टा
आफैँ दुर्गन्ध रोज्दै प्रतिदिन उसका लागि भर्दै छु बुट्टा ।




