Aamsanchar

लागू औषध सहित १० जना पक्राउ

Author Image
शनिवार, जेठ ११, २०८२

विराटनगर। झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट लागू औषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्रतिबन्धित औषधी, गाँजा र ब्राउन सुगर बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाको संयुक्त टोलीले झापाको मेचीनगर नगरपालिका–१० का ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ का ३४ वर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागढी गाउँपालिका–६ का २० वर्षीय सन्तोष संकर र मोरङको केराबारी गाउँपालिका–५ का २१ वर्षीय सरोज कार्कीलाई १ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी चौकी बलियाको संयुक्त टोलीले लागू औषधको कारोबारमा संलग्न रहेका सुन्दरहरैँचा नगरपालिका–५ का २३ वर्षीय सचिन घिमिरे, सुनसरीको इटहरी उपमहानगरपालिका–१ का २६ वर्षीय अंकित तामाङ, सुन्दरहरैँचा–६ का २३ वर्षीय बिवस लिम्बु, बेलबारी नगरपालिका–११ का ३७ वर्षीय शिशिर राई र ३१ वर्षीया प्रमिला राईलाई १ ग्राम ब्राउन सुगर र नगद ३९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

यसैबीच, धनकुटास्थित प्रहरी चौकी ६ नम्बर बुधबारेले पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का २८ वर्षीय मौसम लिम्बुलाई चेकजाँचको क्रममा धनकुटाको चौबिसे गाउँपालिका–१, ढिस्कोबाट प्रतिबन्धित औषधी TRACDOL–९०० चक्की र DIYSE–२०–९०० चक्कीसहित पक्राउ गरेको जनाएको छ।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर