




काठमाडौं – अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई सामान्य सोधपुछपछि घर पठाइएको छ। अमेरिकामा अवैधानिक रुपमा बसोबास गरिरहेका ५ महिला र ३२ पुरुषलाई अमेरिकाले ओम्नी एयरको चार्टर्ड उडानमार्फत् हिजो नेपाल पठाएको थियो।


सो विमानमा भारत र बंगलादेशका नागरिक पनि थिए। प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले डिपोर्टमा परेका उनीहरुलाई सामान्य सोधपुछपछि गन्तब्यतर्फ जान दिएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरु अमेरिका पुुग्नुको कारण र संगठित मानव तस्करीको भूमिकाबारे चासो राखेका छन्।





Views: 152