Aamsanchar

आजको राशिफल (२७ जेठ २०८२, मंगलवार)

Author Image
सोमवार, जेठ २७, २०८२

🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लेनदेनमा दबाब भए पनि सम्झौता नगर्नुहोस्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, पढाइ बिग्रिन सक्छ, सजग रहनुपर्छ।
🔸 भाग्यबलः ३५%
🔸 शुभ अङ्कः ८ । शुभ रङः गुलाबी वा सिन्दुरे । शुभ दिशाः उत्तर
🔸 मन्त्रः ॐ अं अङ्गारकाय नमः (१० पटक)

🔴 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना साथीभाइसँग भेटघाट, निजी सम्बन्ध उजागर गर्ने अवसर मिल्नेछ। मनोरञ्जन र पारिवारिक समय राम्रो बित्नेछ।
🔸 भाग्यबलः २५%
🔸 शुभ अङ्कः ७ । शुभ रङः रातो । शुभ दिशाः पश्चिम
🔸 मन्त्रः ॐ कात्यायनी भगवत्यै नमः (११ पटक)

🔴 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्राबाट लाभ मिल्नेछ। प्रभाव बढ्नेछ, तर झगडा र हडबडीबाट बच्नुपर्छ।
🔸 भाग्यबलः १००%
🔸 शुभ अङ्कः ६ । शुभ रङः गुलाबी वा सिन्दुरे । शुभ दिशाः दक्षिण
🔸 मन्त्रः ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः (१० पटक)

🔴 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाइमा प्रगति, आर्थिक शुभ समाचारको सम्भावना। अनुभव बढ्ने समय।
🔸 भाग्यबलः ६५%
🔸 शुभ अङ्कः ५ । शुभ रङः सेतो । शुभ दिशाः पूर्व
🔸 मन्त्रः ॐ शारदादेव्यै नमः (११ पटक)

🔴 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन निरास बन्न सक्छ। आर्थिक सन्तुलन रहनेछ। धार्मिक कामले सान्त्वना दिनेछ।
🔸 भाग्यबलः ५%
🔸 शुभ अङ्कः ४ । शुभ रङः सिम्रिक रातो । शुभ दिशाः उत्तर
🔸 मन्त्रः ॐ भ्रामरीदेव्यै नमः (११ पटक)

🔴 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोग प्राप्त हुने, आम्दानी बढ्ने, पारिवारिक दायित्व बढ्ने दिन।
🔸 भाग्यबलः ९०%
🔸 शुभ अङ्कः ३ । शुभ रङः गुलाबी वा सिन्दुरे । शुभ दिशाः पश्चिम
🔸 मन्त्रः ॐ भूमिनन्दनाय नमः (१० पटक)

🔴 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठा बढ्नेछ। खर्च बढ्न सक्छ, संवाद र सम्बन्धमा सुधार ल्याउनुहोस।
🔸 भाग्यबलः ६५%
🔸 शुभ अङ्कः २ । शुभ रङः सेतो वा उज्यालो । शुभ दिशाः दक्षिण
🔸 मन्त्रः ॐ श्रियै नमः (११ पटक)

🔴 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिक्रीबट्टामा फाइदा, आत्मविश्वास बढ्ने समय। नयाँ कुरा सिक्न सकिनेछ।
🔸 भाग्यबलः ९५%
🔸 शुभ अङ्कः १ । शुभ रङः सिन्दुरे रातो । शुभ दिशाः पूर्व
🔸 मन्त्रः ॐ धरणीसुताय नमः (१० पटक)

🔴 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक सावधानी आवश्यक, सोच्न नसकेको विषयमा मन आकर्षित हुनेछ।
🔸 भाग्यबलः ०%
🔸 शुभ अङ्कः ३ । शुभ रङः सेतो । शुभ दिशाः उत्तर
🔸 मन्त्रः ॐ कालभैरवाय नमः (२१ पटक)

🔴 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको प्रयोगले रोकिएको काम अघि बढ्नेछ, सकारात्मक सोच बनाउनुहोस्।
🔸 भाग्यबलः २५%
🔸 शुभ अङ्कः २ । शुभ रङः सेतो वा उज्यालो । शुभ दिशाः पश्चिम
🔸 मन्त्रः ॐ धनदाय नमः (२१ पटक)

🔴 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेबारी बढ्नेछ, कार्यस्थलमा बोझ महसुस हुनसक्छ, लवमेटसँग समय बिताउनु उपयुक्त।
🔸 भाग्यबलः ८५%
🔸 शुभ अङ्कः १ । शुभ रङः गुलाबी वा सिन्दुरे । शुभ दिशाः दक्षिण
🔸 मन्त्रः ॐ धरात्मजाय नमः (१० पटक)

🔴 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवाद समाधान हुने, ज्ञान र प्रतिष्ठा बढ्ने दिन। गुरुजन र साथीको सहयोग पाइनेछ।
🔸 भाग्यबलः ८५%
🔸 शुभ अङ्कः ९ । शुभ रङः सिन्दुरे रातो । शुभ दिशाः पूर्व
🔸 मन्त्रः ॐ भौमाय नमः (१० पटक)

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर