Aamsanchar

धान चामलकाे आयात बढ्याे

Author Image
मङ्गलवार, जेठ २८, २०८२

काठमाडौं – पेट्रोलियम पदार्थ,विद्युतीय उपकरण,रासायनिक मल, सुनलगायत वस्तुको आयातमा कमी आएको छ। आर्थिक वर्ष २०८१/०८२ को दश महिनाको अवधिमा पेट्रोलियम पदार्थ,सुन,विद्युतीय उपकरण,रासायनिक मल,कोइलालगायत वस्तुको आयात घटेको हो।

सोही अवधिमा भटमासको कच्चा तेल,चामल/धान,खाने तेल,यातायातका उपकरण,सवारी साधन तथा स्पेयर पार्ट्स,स्पन्ज आइरनलगायत वस्तुको आयात भने बढेको छ।

 

पछिल्लो १० महिनामा कूल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भइ १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत,चीन र अन्य मुलुकबाट भएको आयात क्रमश : ७.९प्रतिशत,१५.१ प्रतिशत र २८।३ प्रतिशतले वृद्धि भएको छ।

निर्याततर्फ जेश्वर,कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ। आयाततर्फ भैरहवा,विराटनगर,वीरगन्ज,सुख्खा बन्दरगाह,जलेश्वर,कैलाली,कञ्चनपुर,कृष्णनगर,मेची,नेपालगञ्ज,रसुवा,तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलगायतका सम्पूर्ण नाकाबाट भएको आयातमा वृद्धि भएको हो।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २२ अर्ब २ करोड बराबरको थियो।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मूल्य बढ्याे
बिहिवार, जेठ ३०, २०८२
सुनकाे मूल्य बढ्याे
बुधवार, जेठ २९, २०८२
सुनको भाउ आज
मङ्गलवार, जेठ २८, २०८२