काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दा प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पदबाट हट्न बाध्य बनेका छन् । मंगलबार दिउँसो राजीनामा दिएलगत्तै बालुवाटारमा आगजनी र तोडफोडको घटना भयो ।

राजनीतिक संकटको बीचमा ओली पहिले नै बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठस्थित शिवपुरी ब्यारेक पुगेका रहेछन् । सेनाको हेलिकप्टरमार्फत उनी पत्नीको साथमा त्यहाँ पुगेको स्रोतको दाबी छ । हाल उनलाई सेनाको कडा निगरानीमा ब्यारेकमै राखिएको छ ।
जेनजी प्रदर्शन राजधानीका विभिन्न क्षेत्रमा नियन्त्रण बाहिर गएपछि सुरक्षा जोखिम बढेको भन्दै ओलीले प्रधानमन्त्री पद त्यागेको बताइएको छ ।

Views: 172


