Aamsanchar

बस र टिपर ठोक्किएर दुर्घटना

Author Image
शुक्रवार, असोज २४, २०८२

काठमाडौं – धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए ।डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए ।दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर