Aamsanchar

कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने

Author Image
सोमवार, वैशाख ७, २०८३

काठमाडौँ – नेपाली कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग मागेको स्पष्टीकरण फिर्ता लिने भएको छ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको ठहर कांग्रेसले गरेको छ।

´त्यसैले सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो।

यही वैशाख २ गते बसेको समितिको बैठकले खड्कासँग सात दिने स्पष्टीकरण मागेको थियो।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर