Aamsanchar

लाखौंको भन्सार छलिको सामानसहित एक जनालाई पक्राउ

Author Image
शुक्रवार, वैशाख ११, २०८३

रौतहट – रौतहट प्रहरीले लाखौंको भन्सार छलिको सामानसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलले मौलापुर नगरपालिका–३ बाट ज १ च १३४३ नम्बरको पिकअप गाडीमा अबैध रुपमा भन्सार छली गरी ल्याइएको २९ सय किलोग्राम तोरी, ३ सय ५० किलोग्राम सरसोसहित पिकअप भ्यान र चालक पवन साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चालक सर्लाहीको लालबन्दी नगरपालिका–७ का २५ बर्षीय पवन साहले भारतबाट करिब ३ लाख ९० हजारको तोरी, सरसो र २० लाख रुपैयाँ बराबरको पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।

त्यस्तै प्रहरीले भारतबाट २ वटा जर्किनमा भरी भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार ५ सय ३० रुपैयाँ बराबरको डिजलसहित ५० हजार बराबरको बिआर ०५ एल ४५६० नम्बरको मोटरसाइकल समेत गरेर २४ लाख ५० हजार ५ सय ३० रुपैया बराबरको अबैध सामान, सवारी साधन र चालक समेत आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर