

काठमाडौं – मंगलबार देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।
मंगलबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Views: 18


