
काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन्।पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेको हुन्।
उनीविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो। यससँगै उनलाई छाड्ने प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
यही जेठ ४ मा प्रहरीले उनलाई वीरगञ्जस्थित एक होटलबाट पक्राउ गरेको थियो। अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय ९कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाबी लिइएको थियो।

Views: 34


